सुकुमवासी पहिचानका लागि लगत संकलन हुँदै [तस्बिरहरू]

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

सुकुमवासी बस्ती हटाएपछि दशरथ रंगशालालाई अस्थायी होल्डिङ सेन्टर बनाएर राखिएका परिवारहरूको लगत संकलन कार्य सुरु भएको छ।

रंगशालाको चौर र प्यारापिटमुनि ओत लागिरहेका दुई हजार ६०८ घरपरिवारको वास्तविक पहिचान खुलाउन यो लगत संकलन थालिएको हो। लगत संकलनपछि सम्बन्धित परिवारको नेपालमा घरजग्गा छ कि छैन भन्ने टुंगो लाग्नेछ।

लगत संकलन खटिएका कर्मचारीहरूका अनुसार काम सोचेजस्तो सहज र तीव्र गतिमा हुन सकेको छैन। मुस्किलले दैनिक ४०–४५ परिवारको मात्र लगत संकलन गर्न सकिने अवस्था छ। अधिकांश परिवारले आवश्यक कागजपत्रहरू साथमा नबोकी आउँदा फारम भर्न र प्रमाणीकरण गर्न थप समय लागिरहेको देखिन्छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार