सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ७२ हजार रुपैयाँ बिगो कायम गरी शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ।
यादव सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए।