अवकाशप्राप्त प्रहरी नायब निरीक्षक दासलाई घोडा चढाएर भव्य बिदाइ

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जमा कार्यरत प्रहरी नायब निरीक्षक दिलीपकुमार दासलाई अवकाशपछि घोडा चढाएर भव्य बिदाइ गरिएको छ।

नेपाल प्रहरी संगठनमा ३० वर्ष सेवा पूरा गरी अवकाश प्राप्त गरेका प्रहरी नायब निरीक्षक दासलाई शुक्रबार बिहान घोडामा चढाएर सम्मानपूर्वक बिदाइ गरिएको हो।

नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका वरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पाली मगरले अवकाशप्राप्त प्रहरीलाई विशेष सम्मानका साथ बिदाइ गर्ने उद्देश्यले कार्यालयका प्रहरी कर्मचारीहरूको सल्लाहअनुसार घोडा चढाएर बिदाइ गरिएको बताए।

उनले यस्ता बिदाइ कार्यक्रमले संगठनमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सेवाकालभरि इमानदारीपूर्वक काम गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

लामो समयसम्म नेपाल प्रहरी संगठनमा योगदान पुर्याएका प्रहरी नायब निरीक्षक दासको सेवाको उच्च मूल्यांकन गर्दै सम्मानसहित बिदाइ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक मगरले बताए।

बिदाइ कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी अधिकृत, प्रहरी जवान तथा अन्य सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सुझावित समाचार