स्वास्थ्यचौकी प्रमुखद्वारा आमा र श्रीमतीलाई पत्र लेख्दै आत्महत्या

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

बैतडीको पुर्चाैडी नगरपालिका– ७ स्थित कोटिला स्वास्थ्यचौकीका प्रमुख सुमन लुहारले श्रीमती र आमालाई लामो पत्र लेख्दै आत्महत्या गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नी आमा र श्रीमतीलाई निराशा व्यक्त गर्दै लामो पत्र लेखेका थिए। पत्रमा उनले आमा र श्रीमतीसँग क्षमा माग्दै आफू बाँच्न नसक्ने अवस्थामा पुगेको बताएका थिए। लगत्तै आत्महत्या गरेको उनका परिवारजनले बताएका छन्।

लुहारले केही महिनाअघि आफ्नै महिला सहकर्मीमाथि इँटा प्रहार गरेका थिए। त्यसपछि उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको थियो। केही दिनअघि मात्र अदालतबाट एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। उक्त मुद्दाको टुंगो नलाग्दै लुहारले काठमाडाैंमा आत्महत्या गरेको आफन्तले बताएका छन्।

उनले झुन्डिएर आत्महत्या गरेको स्थानीय दिनेश नागारीले बताए। स्वास्थ्यचौकी इन्चार्जको मृत्युपछि पुर्चाैडी नगरपालिकाले शुक्रबार शोकबिदा दिएको छ। नगरपालिकाभित्र रहेका सबै सरकारी कार्यालयहरूमा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिएको नगरप्रमुख दीपक बमले बताए।

सुझावित समाचार