पोर्चुगलका खेलाडीबिच आरोप–प्रत्यारोप

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण
  • रोनाल्डोकी बहिनी आभेरियाले विश्वकप छनोटपछि पोर्चुगलका खेलाडी र आफ्ना दाजुबिच सम्बन्ध राम्रो नभएको खुलासा गरिन्

२३औँ संस्करणको विश्वकप फुटबल प्रतियोगितामा आशा गरेका खेलाडीले समर्थकहरूलाई निराश बनाएका छैनन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका कप्तान केलियन एम्बाप्पेले आ–आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरी टोलीलाई सानदार जित दिलाए । त्यही पुष्ठभूमिमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भने कंगोविरुद्ध ‘फ्लप’ भए । मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक र एम्बाप्पेले सेनेगलको पोस्टमा दुई गोल गरेका थिए ।

फ्रान्स र अर्जेन्टिनाको जितमा कप्तानहरू नायकसिद्ध भए । तर, रोनाल्डोले ५२ वर्षपछि विश्वकपमा सहभागी जनाएको कंगोसँगको प्रतिस्पर्धामा खल्लो देखिए । रोनाल्डोले प्रतिस्पर्धा भरी मुस्किलले दुई वा तीन गोल गर्न अवसर मात्र पाए । अघिकांश समयमा कंगोका खेलाडीहरूले उनलाई घेरेका थिए । डिबक्सभित्र चल्न नसक्दा रोनाल्डोले शतप्रतिशत गोल अवसर सिर्जनासमेत गर्न सकेनन् । पोर्चुगलले आफ्नो पहिलो खेलमा सानदार जित निकाल्ने अपेक्षा थियो ।

त्यसमा पनि उनीहरू ४१ वर्षीय स्ट्राइकर रोनाल्डोमाथि विश्वासमा बसेका थिए । कंगोसँग १–१ को नतिजा निस्कियो, सबैभन्दा बढी निसाना रोनाल्डोमाथि नै पर्यो । धेरैले रोनाल्डो अब बुढो भइसकेका छन् । ‘रोनाल्डोको विश्वकपमा काम छैन । ६ पटक विश्वकप खेल्ने एउटा सपना मात्र उसले पूरा गरे । यसबाहेक कमजोर प्रतिद्वन्द्वीविरुद्ध उनी फिक्का देखिए,’ खेलपछि रोनाल्डोको प्रदर्शनमाथि उठाइएका प्रश्न थिए । योबाहेक बेलायती मिडियाहरूले अर्को समाचार सम्प्रेषण गरेका छन् । बेलायती मिडियाहरूका अनुसार पोर्चुगलका खेलाडीहरू ‘ड्र’ नतिजा निकाल्दा एक–आपसमै आरोप–प्रत्यारोप गरिरहेका छन् ।

रोनाल्डो र फर्नान्डेजबिचको सम्बन्ध चिसो 
बेलायती मिडियाले रोनाल्डोकी बहिनी आभेरियाको आधार लिएर पोर्चुगलका खेलाडीबिच कप्तानसँगको सम्वन्ध राम्रो नभएको जनाएका छन् । आभेरियाले फिनिसिङ लाइनमा रोनाल्डो र ब्रुनो फर्नान्ड्सबिच आपसी तालमेल नभएको दाबी गरेकी छिन् । विश्वकपअन्तर्गत युरोपियन छनोटमा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरी टोलीलाई अमेरिकाको टिकट पक्का गरेका थिए । उनी विश्वकप छनोटमा पोर्चुगलबाट धेरै गोल गर्ने खेलाडी बनेका थिए । विश्वकप छनोटसम्म फर्नान्डेज र रोनाल्डोबिचको सम्बन्ध राम्रो रहेको र त्यसपछि बिग्रिएको आभेसिरियाको भनाइ छ । ‘फर्नान्डेजले मेरो दाइ टिममा भएको हेर्न चाहँदैनन् । विश्वकप छनोटदेखि सहभागिता जनाउँदासम्म सम्बन्ध कहाँ बिग्रियो थाहा भएन । कंगोसँगको खेलमा उसले रोनाल्डोलाई खासै पास नदिएको देखिन्छ,’ आभेरियाले भनिन्, ‘जब खेलाडीबिच नै आपसी तालमेल मिल्दैन भने गोल कसरी सम्भव हुन्छ ।’

कप्तानलाई केवल सम्मान मात्र 
पोर्चुगलका धेरैजसो खेलाडीहरूले कप्तान रोनाल्डोविरुद्ध विरोध गर्न सकेका छैनन् । यसको प्रभाव मैदानमा देखियो । खेलपछि पोर्चुगलका एक खेलाडीले बिबिसीलाई भनेका छन्, ‘हामीलाई थाहा छ उनी पहिलाजस्ता छैनन् । उनी अब अलि बुढो भएका छन् ।’ उनी थप्छन्, ‘रोनाल्डो अझै पनि खेल खेल्ने सबैभन्दा महान् खेलाडीमध्ये एक हुन् । त्यसैले हो, उनलाई धेरै सम्मान छ । पक्कै पनि, जब तपाईं त्यसरी अलि बुढो हुनुहुन्छ, तपाईंले गर्ने प्रयास त्यति राम्रो हुँदैन ।’ प्रतिस्पर्धामा मिडफिल्डबाट फिनिसिङमा राम्रो पास उपलब्ध हुन सकेन । पिएसजीका गोन्कालो रामोसले मिडफिल्डमा पकड बनाउन सकेनन् ।

‘मिडफिल्डका खेलाडीले सिनियरभन्दा जुनियरलाई पास दिएका थिए,’ ती खेलाडी भने, ‘खेलको ब्रेकमा कुराकानी हुँदा पनि रोनाल्डोलाई निकाल्नु पनि सुझाव प्रशिक्षक मार्टिनेजले सुनेनन् । 

सुझावित समाचार