११ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा ११ वर्षीया बालिकामाथि जबर्जस्ती  करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका निवासी २२ वर्षीय चूडामणि डाँगी रहेका छन्। प्रहरीले दिएको जानकारीअनुसार डाँगीले ११ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलन तथा अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बालबालिकाविरुद्ध हुने यस्ता गम्भीर अपराधमा शून्य सहनशीलताको नीति अपनाउँदै दोषीमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

सुझावित समाचार