धनकुटामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

धनकुटामा मंगलबार दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

धनकुटा नगरपालिका–४ स्थित स्कुलडाँडामा हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। उक्त दुर्घटनामा ८०९८ नम्बरको मोटरसाइकलचालक सुनसरीको रामधुनी नगरपालिका–९ घर भई धनकुटा नगरपालिका–७ स्थित सब्जीलाइन बस्दै आएका ५५ वर्षीय विशाल चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चौधरी धनकुटामा फर्निचर व्यवसाय गर्दै आएका थिए। 

अर्का मोटरसाइकलचालक धनकुटा नगरपालिका–१, हिलेका श्याम तामाङ घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले बताएको छ।

सुझावित समाचार