विष्णुपुर गाउँपालिकाबाटै करदाता सेवा सुरु

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

सप्तरीको विष्णुपुर गाउँपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवा सञ्चालनमा ल्याएको छ।

यसअघि करदाता सेवा कार्यालय राजविराजबाट प्रदान हुँदै आएका सेवाहरू अब विष्णुपुर गाउँपालिकाको कार्यालयबाटै उपलब्ध हुन थालेका छन्।

सेवा सञ्चालनमा आएपछि गाउँपालिकावासीले करसम्बन्धी कामका लागि सदरमुकाम राजविराज धाउनुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्वल आनन्दले जानकारी दिए।

उनका अनुसार अब गाउँपालिकाबाटै व्यावसायिक प्यान, व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) तथा कर चुक्ता प्रमाणपत्रलगायतका महत्त्वपूर्ण सेवाहरू सहज रूपमा प्राप्त गर्न सकिनेछ।

यस सेवाले स्थानीय बासिन्दाको समय र खर्च बचत हुनुका साथै करसम्बन्धी सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

सुझावित समाचार