असारका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर थप ओरालो लागेको छ । आइतबार बैंकहरूले ब्याजदरको सूची सार्वजनिक गरेका छन् । जसअनुसार २० वटा वाणिज्य बैंकहरूको औसत ब्याजदर ४.३४ प्रतिशतबाट ४.२६ प्रतिशतमा झरेको छ ।
व्यक्तिगत निक्षेपमा ब्याजदर घटाउनेमा एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, लक्ष्मी सन्राइज बैंक, एनआइसी एसिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंक छन् । एनएमबि बैंकले जेठमा ४.८ प्रतिशत दिइरहेको ब्याजदर ४.७५ प्रतिशत कायम गरेको छ ।
प्राइम कमर्सियल बैंकले जेठमा ४.१५ प्रतिशत दिँदै आइरहेकोमा ४ प्रतिशतमा झारेको छ । हिमालयन बैंकले जेठमा ४.२५ प्रतिशत रहेको ब्याजदर असारका लागि ४ प्रतिशतमा झारेको छ । लक्ष्मी सन्राइज बैंकले ४.५ प्रतिशतबाट ४ प्रतिशतमा पुर्याएको छ । एनआइसी एसिया बैंकले ४.५ बाट घटाएर ४ प्रतिशत कायम राखेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ४ प्रतिशतबाट ३.९५ प्रतिशतमा र कुमारी बैंकको ३.९६ प्रतिशतबाट ३.९१ प्रतिशत कायम छ ।
असारमा बैंकहरूको औसत ब्याजदर ४.२६ प्रतिशत मात्रै
