प्रहरी हिरासतमा रहेका एकजनाको मृत्यु

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा रहेका एकजनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, पिपिराका २१ वर्षीय साबिर बक्सको शनिबार बिहान मृत्यु भएको हो।

शनिबार बिहान ४: ३० बजेको समयमा मृतक बक्स अचेत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कवीन्द्रसिंह बोहराले बताए। ‘हिरासतमा अचेत अवस्थामा भेटिएलगत्तै कर्णाली प्रदेश अस्पतालमा उपचार गर्न पुर्याइएको थियो,’ उनले भने, ‘अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।’

प्रहरीका अनुसार मृतक बक्स चोरी मुद्दामा पक्राउ परेका थिए। प्रहरीले बुधबार म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको थियो। मृतकको शव परीक्षण‎का लागि बाँकेबाट फरेन्सिक डाक्टर आउने प्रक्रियामा रहेको र त्यसपछि मात्र थप प्रक्रिया अघि बढ्ने बोहोराले  जानकारी दिए। 
 

सुझावित समाचार