अत्यधिक गर्मीले नेपालगन्जका विद्यालयमा चार दिन बिदा

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

अत्यधिक गर्मीसँगै तातो हावा ‘लु’ चल्न थालेपछि नेपालगन्ज उपमहानगरभित्रका सबै विद्यालयमा चार दिन बिदा गरिएको छ। अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए।

थापाले २६–२९ जेठसम्म सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिने निर्णय भएको बताए। ‘अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक र जल तथा मौसम विज्ञान विभागलगायत सरोकारवालाका सुझावसमेतका आधारमा चार दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको छ,’ उनले भने।

यसअघि कोहलपुर नगरपालिकाले सबै विद्यालयमा गर्मी बिदा दिइसकेको छ। कोहलपुरले २५–२७ जेठसम्म गर्मी बिदा दिएको हो।

सम्पादकको रोजाइ

सुझावित समाचार