बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स इन नेपाल (बार्न)को अध्यक्षमा अनिल घिमिरे निर्वाचित भएका छन् । उनी नेपाल एयरलाइन्स कर्पोरेसनमा आबद्ध छन् ।
बार्न नेपालस्थित अन्तर्राष्ट्रिय एयरलाइन्स प्रतिनिधिहरूको साझा संस्था हो । बोर्डको प्रथम उपाध्यक्षमा भोलाविक्रम थापा (इन्डिगो), द्वितीय उपाध्यक्षमा अभित श्रेष्ठ (एओसिएन), महासचिवमा सरिक बोगटी (कतार एयरवेज) र कोषाध्यक्षमा नवराज शाही (फ्लाई दुबई) चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा सेरकान बसर (टर्किस एयरलाइन्स), जुनु मलेकु (क्याथे प्यासिफिक), धीरज चन्द्र श्रेष्ठ (चाइना साउदर्न एयरलाइन्स), सन्तोषविक्रम राना (थाई एयरवेज), तृप्ति क्षेत्री (मलेसिया एयरलाइन्स), रमेश लामिछाने (इमिरेट्स) र वासु लामिछाने छन् ।
नवगठित कार्यसमितिले एयरलाइन्स तथा सरोकारवाला पक्षहरूबिच सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपालको उड्डयन क्षेत्रको निरन्तर विकास र विस्तारमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।