कुमारी बैंक र बिएन्डबी अस्पतालबिच सम्झौता

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेड र बिएन्डबी अस्पताल प्रालि, ग्वार्को ललितपुरबिच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरू इनप्यासेन्ट, आउटप्यासेन्ट, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा कुमारी बैंकका ग्राहकलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ।

विगत २५ वर्ष देखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत सेवा दिँदै आएको छ।

सुझावित समाचार