कविता:बुझे गुनासो, नबुझे हाँसो

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

मेरो नाम धनबहादुर लामा 
मलाई चिन्नेजतिले धनबहादुर भनेर चिन्छ 
जोसँग पैसा हुँदैन त्यसलाई नाम धनबहादुर दिइन्छ 
३०–४० वर्ष पहिलादेखि फिल्मलाइनमै हिँड्छ

विदेशमा हो भने किचन र कुक
यहाँ भने भान्से र भान्सा 
हुन त मिठो पाके पनि खान्छ 
नमिठो पाके पनि खान्छ 
ठुलाबडाका नाम भने मिडियामा जान्छ 
हामीलाई भने न मान छ, न सम्मान छ 
फिलिममा काम गरेर न ‘पिल्सिङ’ नै हुन्छ 
न घर धान्छ सम्बन्ध टाढिन्छ 
घर भाँडिन्छ 
कतिको त बुढी पोइला नै जान्छ 
खास भन्नुपर्दा 
धुवाँधुलो जुठो भाँडा हाम्रो पनि ठुलो योगदान छ 
बुझे गुनासो 
नबुझे हाँसो 
हेरौँ कत्तिको राख्दो रैछ चासो ।

(सर्लाही इश्वरपुर न.पा. ७ का ६५ वर्षीय लामा ४० वर्षदेखि नेपाली सिनेमामा भान्सेको रूपमा कार्यरत छन् ।)
 

सुझावित समाचार