नेपालमा सार्वजनिक भए टिभिएस रोनिन मोनोटोन र एगोन्डा, मूल्य ४.२९ लाख रुपैयाँदेखि

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

जगदम्बा मोटर्स प्रा.लि.ले नेपालमा टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट मोनोटोन र एगोन्डा सार्वजनिक गरेको छ। ठमेलस्थित क्लब नोभामा आयोजित एक विशेष सांगीतिक कार्यक्रमबिच यी मोटरसाइकलको अनावरण गरिएको हो।

नयाँ टिभिएस रोनिन मोनोटोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रङमा उपलब्ध हुनेछ। यसको मूल्य चार लाख २९ हजार नाै सय रुपैयाँ (एक्स–शोरुम) निर्धारण गरिएको छ। त्यसैगरी, टिभिएस  रोनिन एगोन्डा पर्ल ह्वाइट रङमा चार लाख ३९ हजार नाै सय रुपैयाँ (एक्स–शोरुम) मा उपलब्ध हुनेछ।

कम्पनीका अनुसार एगोन्डा भेरियन्ट भारतको गोवास्थित प्रसिद्ध एगोन्डा बिचबाट प्रेरित डिजाइनमा आधारित छ। सेतो आधार रङ, रेट्रो पिनस्ट्राइप तथा विशेष स्टालियन लोगोले यसलाई आकर्षक बनाएको छ।

टिभिएस रोनिनमा २२५.९ सिसी इन्जिन जडान गरिएको छ, जसले २०.४ पिएस पावर र १९.९३ एनएम टर्क उत्पादन गर्छ। मोटरसाइकलमा ग्लाइड थ्रु टेक्नोलोजी, असिस्ट एन्ड स्लिपर क्लच तथा ४१ एमएम युएसडी फ्रन्ट फोर्कजस्ता आधुनिक फिचर समावेश छन्।

जगदम्बा मोटर्सले यी नयाँ भेरियन्टमार्फत नेपालमा आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियोलाई थप विस्तार गरेको जनाएको छ। कम्पनीका अनुसार टिभिएस  रोनिनले शैली, व्यक्तित्व र आधुनिक क्रुजिङ अनुभवको नयाँ परिभाषा प्रस्तुत गर्नेछ।

सुझावित समाचार