विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित जिडब्ल्युएम (ग्रेट वाल मोटर्स) अब नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा, नयाँ सोच र अत्याधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा रहेको छ।
विश्वका १७० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौँ ग्राहकको विश्वास जित्न सफल जिडब्ल्युएमले नेपालका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयुभी सार्वजनिक गर्ने संकेत दिएको छ। कम्पनीले हालसम्म उक्त मोडलको औपचारिक घोषणा नगरे पनि यससँग सम्बन्धित प्रारम्भिक विवरणहरूले अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबिच उत्सुकता बढाएको छ।
आगामी विद्युतीय एसयुभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल टेक्नोलोजी, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक ड्राइभिङ एक्सपिरियन्स प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ। यसका साथै आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना, विशिष्ट लाइटिङ सिग्नेचर तथा आधुनिक सौन्दर्य शास्त्रले यसलाई सडकमा अलग पहिचान दिने विश्वास गरिएको छ।
विशेष रूपमा यसको बहु–तह सुरक्षात्मक कोटिङ टेक्नोलोजीयुक्त बाह्य सतहले सानातिना स्क्र्याचहरूलाई सूर्यको तापबाट स्वाभाविक रूपमा पुनर्स्थापित गर्न सक्ने क्षमता प्रदान गर्ने बताइएको छ। यसले गाडीको सौन्दर्य र चमकलाई दीर्घकालसम्म कायम राख्न मद्दत गर्नेछ।
प्रिमियम डिजाइन, एड्भान्स्ड टेक्नोलोजी, उत्कृष्ट पर्फर्मेन्स तथा आधुनिक जीवनशैलीसँग मेल खाने विशेषतासहित आउने यस नयाँ विद्युतीय एसयुभीले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ।