गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा गरेको छ। सरुवामा काठमाडौं परिसरमा एसएसपी दिलीप घिमिरेलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, ललितपुर परिसरमा तुलबहादुर कार्की तथा उपत्यका ट्राफिकमा शान्तिराज कोइरालाको सरुवा भएको छ।
त्यस्तै, मानव बेचबिखन ब्युरोमा नकुल पोखरेल, लागुऔषध नियन्त्रण ब्युरोमा सुवासचन्द्र बोहरा, दयानिधि ज्ञवालीको बुटवल तालिम केन्द्र तथा शिव श्रेष्ठको विराटनगर तालिम केन्द्रमा सरुवा भएको छ। काठमाडौं परिसरका रमेश थापा र ललितपुर परिसरका होबिन्द्र बोगटीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।
गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेलने यो सरुवा गरेका हुन्।




