लगातार दोस्रोपटक आरसिबीलाई आइपिएल उपाधि

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लाेर (आरसिबी)ले गत वर्षभन्दा पहिला कहिल्यै राम्रो प्रदर्शन गर्न सकेको थिएन। उसले एउटै उपाधि जितेको थिएन। त्यसपछि भने लगातार आरसिबी च्याम्पियन बनेको छ। गत वर्षझैँ यो वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्दै आरसिबीले आइपिएलको उपाधि उचालेको छ। 

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा गुतराजलाई हराउँदै बेंग्लाेरले लगातार दोस्रोपटक उपाधि जितेको हो। 

पहिले ब्याटिङ गरेको गुजतराले १५६ रनको सामान्य लक्ष्य दिएको थियो। पाँच विकेट गुमाएर आरसिबीले १८ ओभरमै सो लक्ष्य सहजै पूरा गर्याे। उसको जितमा विराट कोहलीले ७५ रनको महत्त्वपूर्ण पारी खेले। 

सुझावित समाचार