दुई सातापछि सुरु हुन लागेको फुटबल विश्वकपमा खेलाइने बल ‘हाइटेक’ हुने भएको छ। बलमै एआई प्रविधिसमेत जडान हुने फिफाले जनाएको छ।
बलभित्र यस्तो यस्तो सेन्सर हुनेछ जसले एक सेकेन्डमा पाँच सय डाटा ट्रयाक गर्न सक्छ। बलभित्र हुने सेन्सरबाटै बलका हरेक मुभमेन्ट नियमन हुनेछ। अफसाइडलगायत विषयमा रेफ्रीलाई कुनै निर्णय गर्न सहज हुने र गलत निर्णय कम हुनेछ। यो प्रविधिले कुन गोल सबैभन्दा शक्तिशाली थियो तथा कुन गोलमा बढी स्पिन भएको थियो भन्ने दर्शकले समेत थाहा पाउन सक्नेछन्। स्मार्ट फोनमा जस्तै बलमा ब्याट्रीबाट चल्ने सेन्सर हुन्छ।