प्रथम बर्दिया जिल्ला कर्मचारीस्तरीय ब्याडमिन्टन प्रतियोगितामा राजापुर नगरपालिका प्रथम भएको छ। कर्मचारी मिलन केन्द्रको आयोजनामा पहिलोपटक कर्मचारीहरूबिच भएको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा राजापुर पहिलो भएको हो।
राजापुरका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा र सुदीप सार्कीको टिम प्रथम भएको छ। प्रतियोगितामा स्वास्थ्य बिमा बोर्डका डेकेन्द्रबहादुर विष्ट र राष्ट्रिय वाणिज्य बैंकका ठोक्रे विष्टको टिम द्वितीय भयो।
बबई सिँचाइ आयोजनाका रामनरेश थारू र विकल चौधरी तथा सशस्त्र प्रहरी बलका कलम थापा र रामबहादुर सोमैको टिम तेस्रो भएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष सूर्यबहादुर खत्रीले बताए।
१९औँ गणतन्त्र दिवसको अवसरमा भएको ब्याडमिन्टन प्रतियोगिता जेठ १३ गते सुरु भएको थियो। प्रतियोगितामा २८ टिमको सहभागिता थियो ।