सानिमा रिलायन्सको व्यतीत बिमालेख नवीकरणमा छुट

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बिमालेख नवीकरण (पुनर्जागरण) गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले ३१ जेठभित्र जारी व्यतीत बिमालेख नवीकरण गर्दा त्यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो । 

कम्पनीका अनुसार यस्तो छुट बिमा अवधिभर एकपटक मात्र पाइनेछ । बिमालेखमा छुट सुविधा लिइसकेपछि एक वर्षभित्र बिमालेख समर्पण गरेमा छुट पाएको सम्पूर्ण रकम भुक्तानी गराई समर्पण गरिने कम्पनीले जनाएको छ । साथै, बिमालेख परिपक्व हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेका बिमालेखमा भने छुट नपाइने कम्पनीले जनाएको छ । 

सुझावित समाचार