सोमबार आएको हावाहुरीले क्षति पुर्याएका पीडितहरूलाई तत्काल क्षतिपूर्ति दिन सांसदहरूले सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सोम शर्मा, गोविन्द पन्थी, बलावती शर्मा र सुशान्त वैदिकले पीडितहरूलाई राहत तथा उचित वासको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
हावाहुरीले बागलुङ, प्युठान, गुल्मीमा ठुलो क्षति पुर्याएको छ ।