एमाले सचिवालय बैठक गुन्डुमा जारी

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुन्डुमा आज पनि जारी रहेको छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरूको सहभागिता रहेको छ । समसामयिक राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक व्यवस्थापन तथा विभिन्न विभागीय गतिविधिबारे समीक्षा भइरहेको एमालेले जनाएको छ ।

सुझावित समाचार