सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लस खरिदमा क्यासब्याक अफर ल्याएको छ । सीमित अवधिका लागि मान्य हुने यो अफरले ग्राहकलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकका लागि डिजाइन गरिएको यो मोडेलले सामसङको प्लस डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिने बताइएको छ । ग्यालेक्सी एस–२६ सिरिजका प्रमुख मोडेलमध्ये एक हो । यो अफरले ग्राहकको बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिने कम्पनीको प्रतिबद्धता झल्काउने बताइएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस २६ प्लस खरिदमा ग्राहकले २३ हजार रुपैयाँको तत्काल क्यासब्याक पाउनेछन् । एक लाख ८२ हजार नौ सय ९९ तोकिएको यसको मूल्य क्यासब्याकपछि एक लाख ५९ हजार नौ सय ९९ मा आउनेछ । यो अफर ३१ मेसम्म लागू हुनेछ ।
खरिद प्रक्रियालाई थप सजिलो बनाउन सामसङले एचएफएलमार्फत इन्स्टा फाइनान्समार्फत २४ महिनासम्मको सजिलो किस्ताबन्दी सुविधा पनि उपलब्ध हुनेछ । यसको मासिक किस्ता चार हजार तीन सय ४१ बाट सुरु हुने बताइएको छ । ग्राहकले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्नेछन् ।