विपक्षीलाई अर्थमन्त्रीको जवाफ– आफ्नै भाषा र दस्ताबेज अनुमोदन गराउन अर्को चुनाव कुर्नू

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण
विपक्षीलाई अर्थमन्त्रीको जवाफ– आफ्नै भाषा र दस्ताबेज अनुमोदन गराउन अर्को चुनाव कुर्नू

फाइल तस्बिर

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूलाई विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा आफ्नै दस्ताबेज अनुमोदित गराउन अर्को चुनाव कुर्नुपर्ने जवाफ दिएका छन्।

मंगलबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले निर्वाचनबाटै जनताले अनुमोदन गरेको भाषा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा समेटिएको प्रस्ट पारे।

उनले भने, ‘फागुन २१ को निर्वाचनपछि मुलुक नयाँ बाटोमा लागेको छ। जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार यहाँ प्रस्तुत गरिएको हो। किनकि हामीले निर्वाचन लड्नुभन्दा अगाडि रूपान्तरणका सय आधार भनेर वाचापत्रमा उल्लेख गरेका थियौँ । त्यसैलाई नै जनताले अनुमोदन गरेको हो।’
 

सुझावित समाचार