घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग– २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा टस हारेको छ। योसँगै नेपालले पहिले बलिङ गर्नेछ । स्कटल्यान्डका कप्तान रिची बेरिग्टंनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङको निम्तो पाएको हो ।
नेपालले शनिबार अमेरिकासँग खेलेको टोलीलाई नै निरन्तरता दिएको छ। नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।