भैरहवामा लामिनारको नयाँ सोरुम सञ्चालन

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

जेजे स्टोनेक्स प्रालि भैरहवाले नेपाली टायल लामिनारको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्रान्ड लामिनारको नयाँ एम्पोरियो डिलर सोरुम भैरहवास्थित बुद्धचोकमा सञ्चालनमा आएको हो ।

सोरुमको लुम्बिनी प्रदेशका खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरेका थिए। सोरुम उद्घाटन गर्दै मन्त्री पाण्डेयले युवा व्यसायीको संलग्नतामा अन्तर्राष्ट्रियस्तरको टायल उत्पादन भएकोमा खुसी व्यक्त गरे। युवाहरूले स्वदेशमा नै पौरख गर्दै देशलाई आत्मनिर्भर बनाउने बाटोमा लागेको बताउँदै व्यवसायलाई सफल बनाउनका लागि आवश्यक समन्वयन गर्नेसमेत बताए।

उद्घाटन समारोहमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित लामिनार टायल भैरहवामा आउनु खुसीको कुरा भएको बताए। प्रिमियम टायलका लागि ठुला सहरमा निर्भर रहनुपर्ने बाध्यताका बिचमा लामिनारले स्थानीय तहमा नै गुणस्तरीय टायलको बिक्री-वितरण सुरु गरेपछि आमउपभोक्तालाई सहज हुने विश्वास गरिएको छ।

बर्दियामा रहेको यस उघोगका उत्पादन नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाइड टायल) अन्तर्गत पर्छन् । यी टायलहरूले कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटेल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ। फुलबडी (सेन्टो), एन्टिब्याक्टेरियल सतह र उच्च चमक भएका हाई–ग्लस टायल छन्। भैरहवाको सोरुममा लमिनारका ५ सयभन्दा बढी डिजाइनका टायल उपलब्ध हुने लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालले बताए।

जेजे स्टोनेक्स प्रालिका निर्देशक देवकुमार अग्रवालले अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र नहेरी टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेको बताए। उनले लामिनारको यो सोरुममा यी सबै कुराहरू बुझाइने जनाए। लामिनारले देशभर एम्पोरियो सोरुम सञ्जाल विस्तार गर्दै १६० भन्दा बढी सोरुम विस्तार गर्ने लक्ष्य राखेको छ।
 

सुझावित समाचार