अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा पेस गरेका छन्।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन्।
बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरेर आगामी बजेटमा उल्लेख गर्नुपर्ने विषयहरूमा संसद्ले सरकारलाई सुझाव दिने कानुनी व्यवस्था छ। बजेटका सिद्धान्त र प्राथमिकतामाथि जेठ ४ गतेदेखि छलफल सुरु हुनेछ।