कजारिया रमेश टायल्स लिमिटेडले दाङको हापुरेमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । हापुरे मार्बल प्रालिद्वारा व्यवस्थापन गरिने यस सोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट र डिजाइनरलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको उत्कृष्ट अनुभव प्रदान गर्नेछ । सोरुमको उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधि र हापुरे मार्बल प्रालिको टोलीको उपस्थितिमा गरिएको हो ।
हापुरे सोरुमले ग्राहकलाई व्यावहारिक र सहज किनमेलको अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ । कम्पनीका अनुसार कजारियाका अत्याधुनिक फ्लोर र वाल टायल्सको फराकिलो दायरा उपलब्ध छ । ग्राहकले विभिन्न टेक्सचर र फिनिस प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन् । ‘हापुरे मार्बल प्रालिसँग सहकार्य गरी दाङवासीमाझ हाम्रा उत्पादन ल्याउन पाएकामा उत्साहित छौँ । ग्राहकलाई उच्च गुणस्तरका सामग्री उपलब्ध गराउनु र सपनाको घर सजाउन आवश्यक सहयोग पुर्याउनु नै हाम्रो मुख्य उद्देश्य हो,’ कम्पनीले भनेको छ ।
कजारियाले उन्नत प्रविधिसहित नेपालमा टायल उत्पादन गर्दै आएको छ । यसका नेपालभर १०० भन्दा बढी सोरुम सञ्चालनमा छन् । कम्पनीले ग्लेज्ड भिट्रिफाइड, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड तथा सेरामिक वाल टायल उत्पादन तथा बिक्री–वितरण गर्दै आइरहेको जनाइएको छ ।