सिटिजन लाइफको ‘लिडर्स मिट’ कार्यक्रम

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सिटिजन लिडर्स मिट’ कार्यक्रम गरेको छ । कम्पनीको सुर्खेत, वीरेन्द्रनगर शाखाले अभिकर्ताको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्न उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर भूषण रिमाल, माइक्रो डिपार्टमेन्ट हेड रीता पाठक, तालिम विभाग प्रमुख कुबेर पाठक तथा कर्णाली प्रदेश प्रमुख लक्ष्मण मरासिनीलगायतको सहभागी थियो ।

कार्यक्रममा अभिकर्ता पेसाको वर्तमान अवस्था, अवसर तथा चुनौतीका विषयमा छलफल गरिएको कम्पनीले जनाएको छ । विशेषगरी अभिकर्तालाई व्यावसायिक रूपमा सक्षम, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन आवश्यक सिप तथा रणनीतिबारे जानकारी दिइएको थियो ।

सिइओ पौडेलले अभिकर्ता पेसालाई रोजगारीको माध्यम मात्र नभई स्वरोजगार बन्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए । उनले पछिल्लो समय यो पेसा मर्यादित बन्दै गएको पनि उल्लेख गरे । यसको भविष्यसमेत उज्ज्वल रहेकाले अभिकर्तालाई निरन्तर मिहिनेत र प्रतिबद्धतासहित अगाडि बढ्न प्रेरित गरे । सहभागी अभिकर्ताले कार्यक्रमले नयाँ ऊर्जा, सिप र दृष्टिकोण प्रदान गरेको बताए । 

See More On

सुझावित समाचार