निर्माण व्यसायी संघ बैतडीकाे अध्यक्षमा सुरेश चन्द

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

निर्माण व्यवसायी संघ, बैतडीको अध्यक्षमा तेस्राेचाेटी पुन: सुरेश चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १० औँ अधिवेशनले चन्दको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

 समितिका उपाध्यक्षहरूमा नरसिंह भाट, राजेन्द्रबहादुर चन्द, महासचिवमा विकास चन्द, सचिवमा पूर्णबहादुर टेर र कोषाध्यक्षमा राजेन्द्रबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । 

नयाँ कार्यसमितिकाे सदस्यहरूमा रमेशबहादुर चन्द, भुवन जोशी, अमित रावल, राजेन्द्रप्रसाद भट्ट, भुवनराज भट्ट, सरस्वती लेखक, सुधीरप्रसाद भट्ट र सुरज चन्द चयन भएकाे निर्वाचन समितिका संयाेजक कैलाश कनाैजियाले जानकारी दिए । अध्यक्ष चन्द यसअघि दुईपटक निर्विराेध रूपमा निर्माण व्यवसायी संघकाे नेतृत्वमा रहेका थिए।

सुझावित समाचार