नेप्से ७ अंकले बढ्दा कारोबार रकम तीन अर्बभन्दा कम

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढ्दा कारोबार रकम भने तीन अर्बभन्दा तल झरेको छ। नेप्से ६.९४ अंकले बढेर दुई हजार ७१८.१६ विन्दुमा कायम भएको हो।

आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँबराबरको कारोबार भएको छ।  बुधबार तीन अर्ब १९ करोडको सेयर कारोबार भएको थियो।

आज वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बिमा कम्पनी एक प्रतिशतभन्दा कमले घट्दा बाँकी समूह बढेका छन्। बढेकामध्ये व्यापार  समूह १.५७ प्रतिशतले बढ्दा बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।

आज स्वावलम्बन लघुवित्तले सर्वाधिक कमाएको छ। यो कम्पनी १२.१९ प्रतिशतले बढ्दा अन्य कम्पनीको वृद्धि ४.२९ प्रतिशतभन्दा कम छ। सर्वाधिक गुमाएको फर्वार्ड माइक्रोफाइनान्स र अपर लाहोरे खोलाको गिरावट क्रमशः १३.२४ र ९.१२ प्रतिशत छ।

See More On

सुझावित समाचार