सानिमा रिलायन्स लाइफद्वारा बाढीपीडितलाई राहत वितरण

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कालिकोट जिल्लामा क्षति पुगेको घरपरिवार र आगलागीपीडितका लागि कम्बल वितरण गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ४३ घरपरिवारमा कम्बल वितरण गरेको हो । 

गत वर्ष १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कालिकोटमन शुभकालिका गाउँपालिका ७ र ८, महावै गाउँपालिका ५ र ६, खाँडाचक्र नगरपालिका १ र ५, तिलागुफा नगरपापालिका ७ र १० का घरपरिवारमा क्षति पुगेको थियो । त्यसैगरी, तिलागुफा नगरपालिका ५ र ६, खाँडाचक्र नगरपालिका १० मा आगलागी भएको थियो । यी सबै गरी ४३ घर परिवारका लागि राहत वितरण गरिएको बताइएको छ । 

कम्पनीका सुर्खेत शाखा प्रमुख विश्वराज बोगटीले उक्त राहत हस्तान्तरण गरेका हुन् । पीडितहरूले कम्पनीले गरेको सहयोगप्रति धन्यवाद दिए । कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपत् व्यवस्थापनजस्ता क्षेत्रमा योगदान पुर्याउने जनाएको छ । हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पुँजी पाँच अर्ब रुपैयाँभन्दा बढी छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । 

कम्पनीले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत अग्रणी र भरोसायोग्य जीवन बिमा कम्पनीका रूपमा स्थापित गर्दै आएको बताएको छ ।

सुझावित समाचार