लोकप्रिय घरेलु उपकरण ब्रान्ड माइडियाका फ्यानको नयाँ, शक्तिशाली तथा आधुनिक शृंखला नेपाली बजारमा सार्वजनिक भएका छन् । सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको माइडियाले फ्यान सिरिज सार्वजनिक गरेको हो । यसअघि कम्पनीका वासिङ मेसिन, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर, एयर प्युरिफायर, एयर फ्रायर, चिम्नी, वाटर डिस्पेन्सर र डिसवासरजस्ता उत्पादन उपलब्ध थिए । अब कम्पनी फ्यान सेग्मेन्टमा पनि प्रवेश गरेको छ ।
नेपालको तापक्रमलाई ध्यानमा राख्दै डिजाइन गरिएको यो फ्यान शृंखलाले दैनिक जीवनलाई थप सहज र आरामदायी बनाउने लक्ष्य राखेको छ । एफडब्ल्यू–४५–२५ एम मोडेलको भित्तेपंखामा शक्तिशाली एयरफ्लो, अक्सिलेसन फंक्सन र ‘पुल कर्ड’ कन्ट्रोल छ, जसले प्रयोगलाई सहज बनाउने कम्पनीले जनाएको छ । साथै, यसमा तीनवटा स्पिड सेटिङ र पाँचवटा एबिएस ब्लेड जडान गरिएको छ ।
त्यस्तै, एफएस ४५–२५ एमटी स्ट्यान्ड फ्यान उचाइ मिलाउन सकिने भएकाले प्रयोगकर्तालाई थप लचिलोपन प्रदान गर्ने बताइएको छ । यसैगरी, प्रिमियम विशेषतासहित आएको एफएस ४०–१३ क्युआरए मिस्ट स्ट्यान्ड फ्यानमा पानी स्प्रे गर्ने सुविधा, आयन जेनेरेटर, टाइमर र रिमोट कन्ट्रोलजस्ता आधुनिक प्रविधि समावेश छ । अर्को मोडेल एफएस ४०–१३ पिजी हाई–स्पिड स्ट्यान्ड फ्यान उच्च गतिको कुलिङ आवश्यक पर्ने स्थानका लागि उपयुक्त मानिएको छ ।