नेप्से परिसूचक २७ सय विन्दुनजिक झरेको छ। सोमबार नेप्से ३४.६३ अंकले घटेर दुई हजार ७०४.०८ विन्दुमा कायम भएको हो। नेप्से १.२६ प्रतिशतले गिरावट भएको हो।
आज ३४१ कम्पनीका एक करोड ७४ हजार कित्ता सेयर चार अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। अघिल्लो दिन कारोबार रकम चार अर्ब ८२ करोडनजिक थियो।
आज लघुवित्त ०.१४ अंकले बढ्दा नेप्सेका बाँकी सबै १२ समूह घटेका छन्। सबैभन्दा धेरै विकास बैंक, जलविद्युत् र उत्पादन तथा प्रशोधन समूह दुई प्रतिशतभन्दा धेरैले घटेका छन्।
बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। झापा इनर्जीका लगानीकर्ताले करिब आठ प्रतिशत कमाएका छन्। सर्वाधिक घटेको कर्पोरेट विकास बैंकका लगानीकर्ताले १२.५८ प्रतिशत गुमाएका छन्।