जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको दाबी

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको दाबी गरेको छ । मन्त्रालयका कर्मचारीले जलेका गाडीको नाममा इन्धन कुपन लिने गरेको आरोप लागेको थियो । उक्त विषयले सञ्चारमाध्यममा प्रवेश पाएपछि एक साताअघि स्वास्थ्यमन्त्री निशा मेहताले प्रशासन सचिवलाई छानबिन गर्न निर्देशन दिएकी छिन् ।

छानबिनका क्रममा कुनै पनि कर्मचारीले इन्धन दुरुपयोग नगरेको निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ ।

‘कर्मचारीहरूले जेन–जी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारीसाधनहरूको नाममा इन्धन दुरुपयोग गरेको भन्ने विषयमा विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विषयको सत्यतथ्य छानबिन गर्न मिति २०८२/०९/१५ गते मन्त्रालयका सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो, उक्त समितिले जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख (अर्धकट्टी) भुक्तानी विवरणलगायतका सम्बन्धित कागजातहरूको अध्ययन तथा विश्लेषणका आधारमा जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
 

सुझावित समाचार