संखुवासभामा जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

संखुवासभामा जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्लाकाे पाँचखपन नगरपालिका- १ बस्ने वर्ष २८ को तिलक भन्ने आकाश राईलाई जबर्जस्ती करणी गरेकाे भनी जिल्ला अदालत संखुवासभाले १२ वर्ष कैद फैसला सुनाएकाे र त्यसपछि फरार रहेकाे अवस्थामा आज (शनिबार) पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाको सूचना अधिकारी तथा प्रहरी निरिक्षक मेघराज अर्यालले बताए ।

उनका अनुसार, गत २०८० असाेज ९ गते उच्च अदालत विराटनगर धनकुटा इजलासको फैसला आदेशअनुसार जबर्जस्ती करणी कसुरमा १२ वर्ष कैद र २० हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउनपर्ने गरी सजाय तोकिएपछि राई फरार रहेका थिए ।

प्रहरीकाे विशेष सुराकीको आधारमा खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय चैनपुरले राईलाई सुनसरी इटहरी उपमहानगरपालिका- १ बाट पक्राउ गरिएको प्रहरीकाे भनाइ छ ।

निजलाई कानुन कारबाही र सजाय भुक्तानका लागि प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएकाे छ ।

सुझावित समाचार