कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। शुक्रबार पूर्णागिरि टोलनजिकै टिपरको ठक्करबाट दोधाराचाँदनी– १ बस्ने १५ वर्षीय दिवस सुनारको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता हेमबहादुुर शाहीले जानकारी दिए।
सुप्रप्र ०२–००१ क ०५९८ नम्बरको टिपरले युके ०६ एस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको र २१ वर्षीय नरेश सुनार गम्भीर घाइते भएका हुन्। घाइते नरेशलाई थप उपचारका लागि भारत लगिएको छ।
दुर्घटनापछि टिपरचालक फरार छन् र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। पीडित पक्षले टिपरका साहु घटनास्थलमा नआएसम्म शव नउठाउने अडान लिएका छन्।