महिना दिनअघिकै उच्च बिन्दुमा पुग्यो कच्चा तेलको भाउ

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

केही समययता घटेको कच्चा तेलको भाउ पुनः बढेर एक महिनाअघिकै बिन्दुमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझ कच्चा तेलको भाउ बढेर ११५ डलर प्रतिब्यारेल आसपास पुगेको हो। ठिक एक महिनाअघि पनि कच्चा तेलको भाउ प्रतिब्यारेल ११४ डलर आसपास थियो।

इरानविरुद्ध अमेरिका र इजरायलको युद्धका कारण निरन्तर बढिरहेको कच्चा तेलको भाउ केही समययता स्ट्रेट अफ हर्मुज खुकुलो भएको मौकामा घटेर १ सय डलर प्रतिब्यारेल बिन्दुमा रहेको थियो। तर, एक सातादेखि क्रमिक रूपमा कच्चा तेलको भाउ बढेर पुनः उच्च बिन्दु कायम भएको हो।

नेपालमा नियमित कार्यतालिकाअनुसार मूल्य समायोजन हुने समय (३० तारिख) नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको बढेको भाउले सोझै असर गर्नेछ। किनभने इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पछिल्लो समयको अन्तर्राष्ट्रिय बजार भाउको औसत मूल्य गणना गरेर नेपाललाई भोलि बिहीबार नयाँ खरिद दर पठाउँदै छ।

डेढ महिनायता सरकारले अन्तर्राष्ट्रिय बजार भाउअनुसार मूल्य समायोजन गर्ने भन्दै सातपटक मूल्य बढाएको छ। जसकारण महँगी तिव्र दरले बढेको छ।

सुझावित समाचार