श्याम रिमालको कवितासंग्रह ‘लाभा’ प्रकाशित

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

साहित्यकार तथा पत्रकार श्याम रिमालको गत भदौमा नेपालमा भएको जेन–जी आन्दोलनमा केन्द्रित भई लेखिएको कवितासंग्रह ‘लाभा’ प्रकाशनमा आएको छ। 

कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता संग्रहित छन्। ‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेन्जी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८‘, ‘भदौ २३’ आदि शीर्षकमा नवपुस्ताका आशा, आकांक्षा, कुशासन, बेथिति र भ्रष्टाचारलगायतका विषय संग्रहमा छन्। निराश युवाहरूका उकुसमुकुसले ज्वालामुखीको रूप लिएपछि उत्पन्न आक्रोशलाई ‘लाभा’मार्फत प्रतिनिधित्व गराइएको छ।

गीत, मुक्तक, हाइकु, कथा, धारावाहिक उपन्यास पनि प्रकाशन गराइसकेका रिमालका समसामयिक विषयमा लेखिएका लेखरचना पनि पत्रपत्रिकामा प्रकाशन भइरहेका छन्। उनको यसअघि ‘एउटा काँडा बिझ्दा’ (गीतसंग्रह), ‘त्रिशूलीको किनाराबाट’ (कवितासङ्ग्रह), ‘बारपाक’ (कम्पकाव्य), ‘नदी बग्दैन’ (कवितासङ्ग्रह) ‘चमेरो’ (कवितासंग्रह), ‘हिमाल त कालै भएछ’लगायतका कृति प्रकाशन भइसकेका छन्।

सुझावित समाचार