मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २६.१६ अंकले घटेर दुई हजार ७७०.२६ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले गिरावट भएको छ।
आज ३४९ कम्पनीका एक करोड ४० लाख १८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ५३ करोड १७ लाख २३ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
अन्य समूह ०.७३ प्रतिशतले वृद्धि हुँदा बाँकी सबै समूह ओरालो लागेका छन्। उत्पादन तथा प्रशोधन र होटेल तथा पर्यटन समूह सर्वाधिक २ प्रतिशतभन्दा धेरैले गिरावट हुँदा विकास बैंक र जलविद्युत् एक प्रतिशतभन्दा धेरैले घटेका छन्।
सर्वाधिक कमाउनेमा हिमालयन बैंक बन्ड २०८६ का लगानीकर्ता छन्। उक्त धितोपत्र ६ प्रतिशतले वृद्धि हुँदा साइन रेसुंगाको सेयर मूल्य तीन प्रतिशतभन्दा धेरैले बढेको छ। कर्पोरेट विकास बैंकमा नकारात्मक सर्किट लाग्दा रिद्गे लाइन इनर्जीका लगानीकर्ताले १०.२७ प्रतिशत गुमाएका छन्।