धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदका लागि नियुक्ति सिफारिस प्रक्रिया अघि बढाएको छ। यसका लागि गठित सिफारिस समितिले योग्य र इच्छुक नेपाली नागरिकबाट व्यक्तिगत विवरण (बायोडाटा) पेस गर्न आह्वान गरेको हो।

मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार अध्यक्ष पदका लागि उपयुक्त उम्मेदवार छनोट गर्न प्रक्रिया सुरु गरिएको जनाइएको छ। आवश्यक योग्यता पुगेका व्यक्तिहरूलाई तोकिएको ढाँचामा आफ्नो विवरण पेस गर्न आग्रह गरिएको छ।

इच्छुक उम्मेदवारहरूले अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आफ्नो बायोडाटा बुझाउनुपर्नेछ। साथै, विवरण पेस गर्ने ढाँचा र आवश्यक मापदण्ड मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।

यस प्रक्रियामार्फत सक्षम र योग्य नेतृत्व चयन गरी धितोपत्र बजारको प्रभावकारी नियमन तथा विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

सुझावित समाचार