‘शिक्षामा वेलाको बोली’ पुस्तक सार्वजनिक

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

प्रा.डा. विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा वेलाको बोली’ लोकार्पण गरिएको छ।

त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्रका डिन डा. वेदराज आचार्य, नेपाल सरकारका पूर्वसचिव डा. हरि लम्साल, काठमाडौं विश्वविद्यालयकी सहायक प्राध्यापक डा. रूपा मुनाकर्मी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र शिलापत्र डटकमका सम्पादक योगेश ढकालद्वारा संयुक्त लोकार्पण गरेका हुन्।

शिक्षाशास्त्रका डिन डा. आचार्यले पुस्तकले शिक्षा क्षेत्रमा कार्य गर्नका लागि र शिक्षामा सुधार कसरी गर्न सकिन्छ भनेर धेरै नै सकारात्मक क्षेत्रको जानकारी दिएको बताए। यसैगरी पूर्वसचिव डा. लम्सालले यो पुस्तक शिक्षा क्षेत्रका सबैका लागि अति नै उपयोगी भएको बताए।

काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक मुनाकर्मीले किताबले शिक्षा क्षेत्रमा भएका अवसर र चुनौतीमाथि प्रश्न गर्दै समाधानका विकल्प दिएको बताइन्। शिक्षक महासंघका अध्यक्ष सुवेदीले लेखकसँग केही असहमति भए पनि किताबले शिक्षकसितको दूरी कम गरेको बताए।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ९९५ रुपैयाँ रहेको छ।

सुझावित समाचार