टिभिएस अपाचे रेसिङ फिनालेमा तीन नेपाली राइडर्सको उत्कृष्ट प्रदर्शन

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स (एआरई–जिपी) ग्रान्ड फिनालेमा तीन नेपाली राइडर्सले उत्कृष्ट प्रदर्शन गरेका छन् । भारतको चेन्नईस्थित मद्रास इन्टरनेसनल सर्किटमा सम्पन्न उक्त ग्रान्ड फिनालेमा तीनजनाले शीर्ष पोडियम स्थान हासिल गरेका छन् ।

यसले नेपाली मोटर स्पोर्टस्को नयाँ अध्याय सुरु भएको संकेत दिएको बताइएको छ । प्रतियोगितामा अभिनवराज मल्लले २०० सिसी र दिलीप दनुवारले ३१० सिसी विधामा प्रथम स्थान हासिल गरेका छन् । यस्तै, सुजन थापामगर १६० सिसी विधामा दोस्रो भएका छन् । 

यो प्रदर्शनले टिभिएस अपाचे रेसिङको बढ्दो प्रभावलाई उजागर गरेको कम्पनीले जनाएको छ । स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्दै यो कार्यक्रमले प्रतिस्पर्धी रेसरहरूको नयाँ पुस्ता तयार गर्न महŒवपूर्ण भूमिका खेलेको पनि कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले एआरई जिपी ग्रान्ड फिनालेमा नेपाली राइडरले हासिल गरेको सफलता सबैका लागि गौरवको विषय भएको बताए ।

‘यो उपलब्धिले उनीहरूको मिहिनेत, क्षमता र प्रतिबद्धतालाई मात्र होइन, नेपालको मोटर स्पोर्टस् क्षेत्रको बढ्दो सम्भावनालाई पनि उजागर गरेको छ,’ उनले भने । ‘टिभिएस रेसिङको प्रतिभा विकासप्रति निरन्तर लगानी यस्ता उपलब्धिमार्फत स्पष्ट देखिन्छ,’ कम्पनीले भनेको छ । 
 

सुझावित समाचार