खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा अनुगमन गरी कारबाही गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी अनामनगरस्थित भेटघाट रेस्टुरेन्ट, पाथीभरा भान्साघर, काका खाजाघर र मापो रेस्टुरेन्टमा अनुमगन गरेको हो ।
अनुगमनका क्रममा यी रेस्टुरेन्टहरूमा भण्डारणकक्ष अव्यवस्थित रहेको, डस्टबिन पूर्ण रूपमा नछोपिएको भान्सामा अखाद्य रङ भेटिएको विभागले जनाएको छ ।
त्यस्तै, शाहाकारी र मांसाहारी चिज एउटै फ्रिजमा राखिएको, व्यवसाय दर्ता नभएको र भान्सामै नाला जमेको अवस्था रहेको पाइएको विभागले जनाएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाहीस्वरूप चारवटै फर्मलाई उल्लिखित विषयमा सुधार गर्न निर्देशन दिएको छ ।