हनुमाननगर कंकालिनीको कार्यालय सार्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

उच्च अदालत जनकपुरले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासका न्यायाधीश उज्ज्वल शुक्लको एकल इजलासले नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अदालतका रजिस्ट्रार लोक नाथ पराजुलीका अनुसार दुवै पक्षलाई १७ वैशाखमा छलफलका लागि बोलाइएको छ। ‘तत्काल निर्णय कार्यान्वयन भनेर आदेश जारी भएको हो, अब १७ वैशाखमा दुवै पक्षलाई राखेर छलफलपछि बाँकी विषय टुंगो लाग्नेछ,’ उनले भने।

हनुमाननगर कंकालिनी नगरपालिकाको विशेष नगर सभाले हाल वडा नम्बर १२ मा रहेको नगर कार्यपालिकाको कार्यालयलाई अस्थायी रूपमा वडा नम्बर ५ स्थित पशु अस्पतालमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो।

सुझावित समाचार