काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघले आयोजनामा विभिन्न प्रतियोगिता हुने भएको छ । संघले मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता, मास्टर–मिस्टर काठमाडौं, जुनियर मिस्टर, पुरुष एथलेटिक फिजिक्स, महिला एथलेटिक फिजिक्स तथा पुरुष स्पोर्टस् फिजिक्स ०८३ प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
आगामी भाद्र १९ र २० मा मिस्टर काठमाडौं हुनेछ । ४० वर्षमाथिको मास्टर र २१ वर्षमुनिको जुनियर प्रतियोतिगा हुने संघले जनाएको छ । संघ यसपटक ६ वटा विभिन्न प्रतियोगिता आयोजना गर्न लागेको हो ।
‘नेपालभरिका शारीरिक सुगठन खेलमा आबद्ध खेलाडीलाई समेट्ने गरी परिमार्जित एवं परिष्कृत रूपमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ संघले भनेको छ । मिस्टर काठमाडौं शारीरिक सुगठनमा सात तौल समूहमा प्रतिस्धर्पा हुनेछ । जुनियर मिस्टर काठमाडौंमा सहभागी हुन ०८२ चैत्र मसान्तसम्म २१ वर्ष ननाघेको हुनुपर्नेछ ।