इन्दु बर्माको कप्तानीमा आइसिसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि १४ सदस्यीय नेपाली टोली घोषणा

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपाली महिला क्रिकेट टोली घोषणा गरेको छ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरिएको हो।

घोषित टोलीमा इन्दु बर्मा कप्तान र पूजा महतो उपकप्तान रहनेछन्। टोलीमा बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनीषा उपाध्याय, रचना चौधरी र रुबिना क्षेत्री समावेश छन्।

क्यानका अनुसार प्रतियोगिता अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा आयोजना हुनेछ। प्रतियोगितामा सहभागितापूर्व नेपाली टोलीले आवश्यक तयारी तथा अभ्यास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

सुझावित समाचार