सभामुख अर्यालले गरे पूर्वसभामुख घिमिरे र सापकोटासँग भेटवार्ता

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

सभामुख डोलप्रसाद (डिपी) अर्यालले पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।

सोमबार भएको उक्त भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान तथा संघीय संसद्को प्रभावकारी सञ्चालनका विषयमा छलफल भएको थियो।

छलफलका क्रममा विधायन प्रक्रियालाई थप सुदृढ बनाउने उपायहरूबारे पनि विचार–विमर्श गरिएको सभामुखको सचिवालयले जनाएको छ।

सुझावित समाचार