सुनचाँदीको मूल्य घट्यो

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन तोलामा दुई लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज ७५ रुपैयाँले सस्तो भई तोलामा चार हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार